गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा १५ हजार हाराहारी मत ल्याएका जगन्नाथ पौडेलको प्रतिनिधिसभा निर्वाचनमा जमानत जफत हुने भएको छ।
स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्दा उनले १४ हजार ७ सय २८ मत ल्याएका थिए।
प्रतिनिधि सभा निर्वाचनमा चितवन ३ बाट उठेका उनले जम्मा ३ सय १४ मत प्राप्त गरे। जमानत जफतबाट जोगिन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ।