सिंजा गाउँपालिकामा एकिकृत प्रारम्भिक बालबिकासलागि योजना तर्जुमा कार्यासाला गोष्ठी
सिंजा गाउँपालिकामा एकिकृत प्रारम्भिक बालबिकासलागि योजना तर्जुमा कार्यासाला गोष्ठी
    • उमेश बुढा

    • १० मंसिर २०७९, शनिबार

जुम्लाको सिन्जा गाउपालिकामा प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला गोष्ठी संचालन गरिएकोछ। बालबालिकाहरुको सर्वाङ्गगीण विकासमा टेवा पुर्याउने उधेश्यले सिन्जा गाउँपालिकाका स्थानिय तहमा एकिकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा तथा रणनितिक तयारी कार्यशाला बैठक सुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपाल र सेडा नेपाल जुम्ला को समन्वय तथा सहकार्यमा सिन्जा गाउपालिककाको आयोजनामा बैठक कार्यशाला गोष्ठि सुरु भएको हो । सिन्जा गाउपालिकामा प्रारम्भिक अवस्थाका बालबालिकाहरुको सार्वाङ्गगीण विकासमा टेवा पुर्याउने उद्देश्यले योजना तर्जुमा कार्यशाला बैठक शुरु गरीएको सेडा नेपालका बालबालिकाको सपना परियोजना संयोजक प्रेम सिंहले जानकारी दिनुभयो । बिहिवार सुरु भएको कार्यशाला बैठक शुक्रबार सकिएकोछ ।

कार्यक्रममा बोल्दै सिन्जा गाउपालिका स्वास्थ्य शाखाका प्रमुख ललित जङ रोकायाले बालबालिकाहरु आजको लगानी र भोलीको अम्दानी भएकोले सम्पुर्ण बाबुआमाले बालबालिकाहरुको राम्रो हेरचाह गर्नुपर्ने बताउनुभएको छ । जसरी घर बलियो बनाउन घरको जग बलियो हुनु आवश्यक छ त्यसरी नै देशमा दक्ष जनशक्ति उत्पादन गर्न प्रारम्भिक अवस्थाका बालबालिकाहरुको सर्वाङ्गगीण विकासका लागि अभिभावकहरुको मुख्य भुमिका हुने बताउनु भयो ।

प्रारम्भिक अवस्थाका बालबालिकाहरुको बृद्दि र विकास बढाउनका लागि अभिभावकहरुको मुख्य भुमिका निर्बाह गर्नुपर्ने समेत रोकायाले बताउनु भयो । कार्यक्रममा प्रारम्भिक अवस्थाका बालविकासको महत्व, उचित प्रारम्भिक बालविकासमा अवसर पाएका बालबालिकाहरु, प्रारम्भिक उमेरमा भाषाको विकास, अपाङ्गग भएका बालबालिकाहरुको पहिचान, बालविकासको महत्वपुर्ण सिद्धान्त र नेपालमा हालसम्म संचालित एकिकृत प्रारम्भिक बालविकासका कार्यक्रमहरु, प्रारम्भिक अवस्थाका बालबालिकाहरुको सर्वाङ्गगीण विकासमा आमाबावु दुबैको महत्वपुर्ण भुमिका रहेको विषयमा पनि छलफल गरिएको छ । सिन्जा गाउपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालको सभापतित्वमा सुरु भएको गोष्ठिमा उपअध्यक्ष सितलि रोकयाको प्रमुख अतिथ्यता रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित