जाडो बढ्दै जाँदा तातोपानी धारामा नुहाउन आउनेहरुको भिड
जाडो बढ्दै जाँदा तातोपानी धारामा नुहाउन आउनेहरुको भिड
    • उमेश बुढा

    • ११ मंसिर २०७९, आईतवार

जुम्ला । जुम्लामा दिन प्रत्येक दिन चिसो बढ्दै गएपछि तातोपानी धारामा नुहाउँन आउनेहरुको घुइँचो बढेको छ ।

तातोपानी गाउँपालिका वडा नम्बर २ जर्मि गाउँमा अवस्थित रहेको छ।
तातोपानी समुद्र सतहदेखी २ हजार ६ सय मिटर उचाईमा रहेकोछ ।

तातोपानी धारामा नुहाउन आन्तरिक तथा बाह्र पर्यटकको भिड लाग्ने गरेको छ । मासिक १ सय देखि २ सयसम्म आउने गर्दछन् स्थानीय रामकृष्ण न्यौपानेले बताए ।

नुहाउन आउनेहरूको लागि  नुहाउन ,कपडा धुन, लुगा राख्नको लागि राम्रो व्यवस्था भएको न्यौपानेले बताए ।

तातोपानी पर्यटन विकास केन्द्र जुम्लाका अनुसार विहान ५ बजे देखि बेलुका ८ बजे सम्म नुहाउने प्रबन्ध मिलाइएको छ । रातीको समयमा नुहाउन भने बन्द गरिएको छ । राती होहल्ला , झैझगडा बढी मात्रामा हुने भएकाले राती नुहाउन बन्द गरिएको हो ।

तातोपानी धारा नुहाउन आउनेहरुका लागि टिकटको व्यवस्थासँगै महिला पुरुषलाई छुट्टाछुट्टै नुहाउने पद्धति मिलाइएको छ , जिल्लावासी लाई रु ३० लिने गरेको र जिल्ला बाहिरबाट आउनेहरुका लागि रु ४०रुपैयाँ लिने गरेको तातोपानी पर्यटन विकास केन्द्र जुम्लाले जनाएको छ ।

पानी खायो भने ग्यास्टिक हटाउँछ , छालामा केही रोग भए फाल्छ, स्थानीय दशरथ चनाराले बताए ।

घाउ , खटिरा आउने रोगहरु निको हुने तथा हाडजोर्नी दुख्ने जस्ता समस्या हटेर जाने गरेको जनविश्वास छ ।

जुम्लाको तातोपानी प्राचिन कालदेखि रहेकोछ । यस धारामा विगतका वर्षहरुमा व्यवस्थापन हुन सकेको थिएन । अहिले तातोपानी धारामा नुहाउन , कपडा धुन, लुगा राख्न र मलिला पुरुषको छुट्टाछुट्टै नुहाउनको लागि राम्रो व्यवस्था रहेको छ । तातोपानी धारासँगै नुहाउनको लागि दहको व्यवस्था पनि रहेकोछ ।

रारा पर्यटक पनि रारा पुगेर फर्किदा तातोपानी भएर जाने गरेको पाइन्छ ।

साताकाे चर्चित
सम्बन्धित