कालिका माविमा भवन उद्घाटनसँगै प्रअलाई बिदाई
कालिका माविमा भवन उद्घाटनसँगै प्रअलाई बिदाई
    • उमेश बुढा

    • ११ मंसिर २०७९, आईतवार

 जुम्ला 

हिमा गाउँपालिका वडा नम्बर १ कालिका माध्यमिक विद्यालय वड्कीमा २ ओटा भवन उद्घाटनसँगै प्राध्यानाध्यापक खड्क वहादुर शाहीलाई विदाई गरिएको छ ।
एक तले ४ कोठे पक्की भवन र २ कोठे एक तले पक्की भवनको हिमा गाउँ पालिका अध्यक्ष लक्ष्मण शाहीले उद्घाटन गर्नु भएको छ ।

राष्ट्रिय योजना आयोगबाट रु १ करोड ८ लाख र राष्ट्रपती शौक्षिक सुधार कार्यक्रमबाट रु २० लाखले दुई ओटा भवन निर्माण भएको विद्यालय व्यवस्था समिति अध्यक्ष पुर्ण वहादुर शाहीले जनाउनु भएको छ ।
उनका अनुसार एक तले भवन भुकम्प जोखिमबाट विद्यार्थीलाई बचाउन, जोगाउनको लागि माग गरेर अहिले भवन निर्माण भएर आइतबार पालिका अध्यक्ष लक्ष्मण शाहीद्घारा उद्घाटन गरिएको विव्यस अध्यक्ष शाहीले बताए ।

कालिका माध्यमिक विद्यालय वड्कीमा दुई पटक प्राधानाध्यापक बनेको हुँ । खड्क वहादुर शाहीले बताए ।
शाही भन्नु हुन्छ प्राधानाध्यापक भएको २२ वर्ष भएको छ अहिले उमेर ६० वर्ष पुगे र अनिवार्य अबकास भएको छु ।

भवन उद्घाटन सँगै शिक्षकलाई विदाई कार्यक्रममा विद्यार्थी र शिक्षिकाले साँस्कृतिक कार्यक्रम देखायर मनोरञ्जन दिएका थिए ।

विदाई हुनु भएका
प्राधानाध्यापकलाई विद्यार्थी , शिक्षक र अभिभावकले फुलमाला, खाता, र अविरले स्वागत गर्दै विदाई गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित