सर्बियासँगको खेलअघि क्यामरुनका गोलकिपर टिमबाट हटाइयो ओनानालाई
सर्बियासँगको खेलअघि क्यामरुनका गोलकिपर टिमबाट हटाइयो ओनानालाई
    • Bell Sanchar

    • १२ मंसिर २०७९, सोमबार

फिफा विश्वकप २०२२ अन्तर्गत सर्बियासँगको महत्वपूर्ण भिडन्त अघि क्यामरुनको टोलीबाट गोलकिपर आन्द्रे ओनानालाई हटाइएको छ।

इटालियन क्लब इन्टर मिलानबाट आफ्नो क्लब फुटबल खेल्ने २६ वर्षीय गोलकिपर ओनानालाई  समूह ‘जी’ दोस्रो खेलमा समावेश गरिएको छैन।

ओनानाले स्विट्जरल्यान्डविरुद्धको पहिलो खेलमा पूरा ९० मिनेट खेलेका थिए। सो खेलमा क्यामरुनले स्विट्जरल्याण्डसँग १-० को हार बेहोरेको थियो।

सोमबार सर्बियाविरुद्ध उनको स्थानमा डेभिस इपासिले खेलेका छन्।

क्यामरुनका लागि ३४ खेल खेलेका ओनानालाई राष्ट्रिय टोलीका प्रशिक्षक रिगोबर्ट सोङले अनुशासनको कारणले टिमबाट हटाएको सार्वजनिक भएको छ।

विश्लेषक फाब्रिजियो रोमानोका अनुसार ओनानाले आफ्नो खेल शैली परिवर्तन गर्न अस्वीकार गरेपछि टिमबाट हटाइएको हो।

सर्बियाविरुद्ध जारी खेलमा क्यामरुन पहिलो हाफमा २-१ ले पछि परेको छ।

साताकाे चर्चित
सम्बन्धित