राप्रपा नेपाल ,चुनावी परिणामले हिन्दु राष्ट्रको एजेण्डा कमजोर भयो
राप्रपा नेपाल ,चुनावी परिणामले हिन्दु राष्ट्रको एजेण्डा कमजोर भयो

बैठकले चुनावी परिणामबाट विचलिन नभई पार्टी संगठनलाई सुदृढ तुल्याउन नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

    • Bell Sanchar

    • १३ मंसिर २०७९, मंगलवार

काठमाडौं

राप्रपा नेपालले आम चुनावको परिणम अपेक्षाकृत नभएको बताएको छ ।

मंगलबार बसेको राप्रपा केन्द्रीय सचिवालयको बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको निष्कर्ष निकालेको छ ।

उसले भनेका छ, ‘चुनावमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्वर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायमै रहेको छ ।’यो चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ ।

बैठकले चुनावी परिणामबाट विचलिन नभई पार्टी संगठनलाई सुदृढ तुल्याउन नेता कार्यकर्तालाई आह्वान गरेको छ ।राप्रपा नेपालका उम्मेदवारले आफ्नै चिह्नबाट चुनाव लडेको भए पनि अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए । थापा राप्रपाका दीपक सिंहसित मकवानपुरमा पराजित भए ।

साताकाे चर्चित
सम्बन्धित