कर्मचारीको विरोध ,भौतिक संरचनाबिनै कार्यालय बुटवलबाट दाङ सार्न लागेको भन्दै
कर्मचारीको विरोध ,भौतिक संरचनाबिनै कार्यालय बुटवलबाट दाङ सार्न लागेको भन्दै

प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन्।

    • Bell Sanchar

    • १४ मंसिर २०७९, बुधबार

निर्वाचनको मौका छोपेर लुम्बिनी प्रदेश सरकारले भौतिक संरचना तयार नहुँदै  बुटवलबाट राजधानी सार्न थालेको भन्दै कर्मचारी आन्दोलित बनेका छन्।

प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन्। सरकारको उक्त कार्यको विरोध जनाउँदै कर्मचारीले बुधबार प्रदेशका मुख्यसचिवमार्फत् लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइनसकेको अवस्थामा सरकारले निर्वाचन आचासंहिता विपरीत बुटवलबाट कार्यालय सार्ने काम गरेकोप्रति उनीहरूले आलोचना गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी इन्चार्ज दधिराम मरासिनीले सरकारको यो कार्य

कानून विपरित र आचार संहिताविपरीत हुनुका साथै कर्मचारीको लागि आवास सुविधा, बालबालिकाको लागि शैक्षिक संस्थाको व्यवस्था तथा स्वास्थ्य सुविधा लगायतका आधारभूत आवश्यकताका संरचना पूरा नहुँदै राजधानी दाङ लैजाने कुरा अव्यवहारिक भएको बताए। उनले स्थायी राजधानी घोषणा गरिए पनि देउखुरीमा दुई वर्षदेखि कुनै संरचना नथपिएकाले तत्काल कर्मचारी गएर काम गर्न सक्ने अवस्था नभएको बताए।

साताकाे चर्चित
सम्बन्धित