सुकुटेमा माओवादी अध्यक्ष प्रचण्ड र पूर्व सभामुख सापकोटा
सुकुटेमा माओवादी अध्यक्ष प्रचण्ड र पूर्व सभामुख सापकोटा

सुकुटे पुगे लगत्तै अध्यक्ष प्रचण्डले र्‍याफ्टिङ्ग पनि गरेका छन् ।

    • Bell Sanchar

    • १४ मंसिर २०७९, बुधबार

, सिन्धुपाल्चोक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् ।

पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सापकोटासँगै प्रचण्ड सुकुटे आएका हुन् ।

सापकोटा सभामुख हुनुअघि यी दुई नेता पटक पटक सँगै सुकुटे आउने गरे पनि पछिल्लो तीन वर्षमा दुवै जना सँगै सुकुटे आएका थिएनन् । २०७६ फागुनको तेस्रो साता भएको सुकेटे महोत्सवको उद्घाटन प्रचण्डले गरेका थिए भने समापन त्यतिबेला भर्खरै सभामुख सम्हालेका सापकोटाले गरेका थिए । त्यस यता पनि प्रचण्ड र सापकोटा पटक पटक एक्ला एक्लै सुकुटे आए ।

सुकुटेमा बसोबासको चाँजोपाजो माओवादी जिल्ला इन्चार्ज समेत रहेका हाल सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टीका पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले मिलाउँदै आएका छन् ।

सुकुटेमा अध्यक्ष प्रचण्ड र सापकोटालाई सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माधव सापकोटा सुबोध र बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेलले, केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले स्वागत गरे ।

सुकुटे पुगे लगत्तै अध्यक्ष प्रचण्डले र्‍याफ्टिङ्ग पनि गरेका छन् । निकट स्रोतका अनुसार प्रचण्ड, पूर्व सभामुख सापकोटा लगायतका सिबै सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् ।

साताकाे चर्चित
सम्बन्धित