खेलकुद सामाग्री १०९ जना कैदिबन्दिलाई हस्तान्तरण
 खेलकुद सामाग्री १०९ जना कैदिबन्दिलाई हस्तान्तरण
    • उमेश बुढा

    • १६ मंसिर २०७९, शुक्रबार

जुम्ला

जिल्ला कारागार जुम्लामा १०९ जना कैदिबन्दिलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । खेलकुद विकास समिति जुम्लाले कारागारमा रहेका कैदिबन्दिलाई सामाग्री दिएको हो । ब्याटमिन्टन कक १ थान , पम्प १ थान , नेट १ थान , भलिबल ३ थान खेलकुद सामाग्री अध्यक्ष धनकृष्ण पाण्डे र कार्यलय प्रमुख कविदत्त न्यौपानेले जिल्ला कारागार जुम्लामा पुगेर हस्तान्तरण भर्नु भएको हो ।

खेलकुद क्षेत्रको विकास र खेल जगतलाई अगाडि लिनको लागि कारागार भित्र रहेका कैदिबन्दिलाई खेलकुद सामाग्री दिएको अध्यक्ष पाण्डेले बताउनु भयो । कारागारमा रहेका कैदिबन्दिलाई समय बिताउन, मनोरञ्जन गर्न , शारीरिक कसरत गर्न , बाहिरी कुरा भुल्न र खेल क्षेत्रमा सहयोग गर्नको लागि सामाग्री हस्तान्तरण गरेको उहाँको भनाई छ ।

कारागार भित्र रहेका कैदिले पनि खेल सिकेर असल खेलाडी बन्नको लागि , कारागारबाट बाहिर निस्के पछि देश र राष्ट्रलाई चिनाउन सक्ने भएको हुँदा सामाग्री हस्तान्तरण गरेका पाण्डेले बताउनु भयो । जुम्ला कारागार जेलर विष्णु महतका अनुसार हरेक निकायासँग खेलकुदका सामाग्री दिनुहोस् हामी कैदिबन्दिलाई समय विताउनको लागि भन्दा कुनै पनि निकायले हेरेको थिएन ।

अहिले जिल्ला खेलकुद विकास समिति जुम्लाले दिएको छ । हामी कारागार भित्रका कैदिबन्दिहरु खुसी भएको महतले बताए । जुम्ला कारागारमा कैदिबन्दि जम्मा १०९ जान रहेका छन । जसमा पुरुष १०६ जना र महिला ३ जना रहनु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित