कैलालीका एक युवकको जुम्लामा मृत्यु
 कैलालीका एक युवकको जुम्लामा मृत्यु
    • उमेश बुढा

    • १६ मंसिर २०७९, शुक्रबार

 

जुम्ला ।

जिल्ला विमानस्थल जुम्लामा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ ।

कैलालीको टिकापुर नगरपालिका ७ शतिगाउँका अन्दाजी २८ वर्षका राम प्रसाद जैसीको बेहोस भएको अवस्थामा भेटिएको प्रहरी निरक्षक धर्मराज जोसीले बताए ।
जोसीका अनुसार बेहोस अवस्थामा फेला परेका जोसीको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो ।

शुक्रबार विहान साढे १० बजेतिर जुम्लाको चन्दनाथ नगरपालिका १ स्थित जुम्ला विमानस्थलको पश्चिम तर्फको तारजाली भित्र बेहोस रहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ ।

उक्त स्थानमा थप अनुसन्धानको लागि प्रहरीको टोली खटिएको छ ।

बेहोस अवस्थामा भएमा जोसीको प्रतिष्ठानमा उपचार गर्दागर्दै निधन भएको हो ।

साताकाे चर्चित
सम्बन्धित