काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् ।
आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।
समूह ए मा अपराजित रहेको नेदरल्याण्ड ७ अंक जोडेर समूह विजेता बनेको थियो । समूह चरणमा नेदरल्याण्ड्सले सेनेगललाई २-० ले पराजित गर्दै विश्वकप सुरु गरेको थियो । दोस्रो खेलमा इक्वेडरसाग १-१ को बराबरी खेलेको नेदरल्याण्ड्सले तेस्रो खेलमा आयोजक कतारलाई २-० ले पराजित गरेको थियो ।
यस्तै अमेरिका समूह बी को उपविजेता बन्ने क्रममा अपराजित रह्यो । पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरीमा रोकिएको अमेरिकाले दोस्रो खेलमा इंग्ल्याण्डलाई गोलरहित बराबरी रोकेको थियो । निर्णायक तथा अन्तिम खेलमा इरानलाई १-० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६मा स्थान बनाएको थियो ।