जन्ती गएका रावतको बाटोमा लडेर मृत्यु
जन्ती गएका रावतको बाटोमा लडेर मृत्यु
    • उमेश बुढा

    • १७ मंसिर २०७९, शनिबार

 

जुम्ला । जुम्लामा जन्ती गएर घर फर्कने क्रममा बाटोमा लडेर देव रावतको मृत्यु भएकोछ ।

जुम्लाको तिला गाउँ पालिका ६ सुडि गाउँ निवासी ४७ वर्षका रावतको मृत्यु भएको हो ।
रावत शुक्रबार दिउँसो विवाहमा जन्ती गएर घर फर्कदै गर्ने बेला बाटोमा लडेर मृत्युु भएको हो।

विवाहमा धेरै मात्रामा मदिरा सेवन गरेर घर फर्कने बेला बाटोमा लडेर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोसीले बताए ।

विवाहको जन्ती गएका सबै साथीहरू घर फर्कि सकेका थिए , मृतक देव रावत भने एक्लै रारालिहीबाट घर जाने क्रममा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

तिला ९ मा पर्ने लाछुङथाडीको गारू खोला भन्ने ठाउँमा अत्याधिक मात्रामा मदिरा सेवन गरी रावतको मृत्यु भएको हो ।

अहिले मृतकको शव पोष्टमाडमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने काम भइरहेको छ ।
ध्चष्तभ तय उमेश बुढा जुम्ला उमेश

साताकाे चर्चित
सम्बन्धित