जापानका मेयरहरुसँग मिस नेपाल इन्टरनेसनल न्यान्सीको भेटवार्ता
जापानका मेयरहरुसँग मिस नेपाल इन्टरनेसनल न्यान्सीको भेटवार्ता
    • Bell Sanchar

    • १८ मंसिर २०७९, आईतवार

काठमाडौं । जापानमा विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनल सुरु हुँदैछ । डिसेम्बर १३ मा टोकियोमा हुने ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्न ६८ सुन्दरी जापानमा भेला भएका छन् ।

मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का पनि जापान पुगेकी छन् । अहिले प्रतिस्पर्धी सुन्दरीलाई आयोजकले सामाजिक र वातावरणीय कामको जिम्मेवारी दिएका छन् । सोहीअनुसार सबटाइटल विजेता घोषणा गर्ने मिस इन्टरनेसनलको तयारी छ ।

नेपाल पनि दाबेदारमध्ये एक हो । यसको संकेत मिस इन्टरनेसनलको शनिबार सम्पन्न एक मिट एण्ड ग्रीट कार्यक्रममा देखियो जहाँ छानिएका सुन्दरीलाई जापानका सहरहरु फुकुसिमा र तोमिओकाका मेयरसँग भेट्ने मौका दिइएको थियो ।

जसमा नेपालसहित अन्य १३ मुलुकका सुन्दरीले मेयरसँग भेटवार्ता गरे । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले यसबारे जानकारी दिएको छ । नेपालको तर्फबाट न्यान्सीले मेयरहरुसँग भेटवार्ता गरेको उल्लेख छ ।कोरोना महामारीको कारण यसअघि दुई वर्ष भर्चुअल रुपमा भएको प्रतियोगिता यसपटक भौतिक रुपमा हुन लागेको हो । ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्ने यसपटकको संस्करणमा राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउन ‘ब्युुटीज् फर एसडीजी’ नारा राखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित