एक स्वास्थ्य स्वंयसेविका एक स्टेचर
एक स्वास्थ्य स्वंयसेविका एक स्टेचर
    • उमेश बुढा

    • १८ मंसिर २०७९, आईतवार

 

जुम्ला । सिँजा गाउँपालिकामा एक महिला स्वास्थ्य स्वंयसेविका लाई एक स्टेचर दिइएकोछ ।

सिजा गाउँपालिका भित्र तिन ओटा स्वास्थ्य चौकी रहेका छन् । जसमा ७४ जना महिला स्वंयसेविका छन् , भने ७० जानलाई स्टेचर दिएको छ ।

गाउँ घरमा महिला सुत्केरी हुँदा स्वास्थ्य चौकी लिन सजिलो होस् भन्ने उदश्यले महिला स्वास्थ्य स्वंयसेविकालाई स्टेचर वितरण गरेको सिँजा गाउँपालिका स्वास्थ्य संयोजक ललितजङ्ग रोकायाले बताए ।

उनका अनुसार सिँजा गाउँपालिका भित्र सबै बस्तीमा सड्क बाटो पुगेता पनि सजिलै रुपमा एम्बुलेन्स जान नसक्ने भएकोले टोल बस्तीमा महिला स्वास्थ्य स्वंयसेविकालाई स्टेचर दिएको हो ।

वनपाखा , जङ्गलमा दाउरा घास काट्न जाँदा भिर र रुखबाट लडेका लाई उदारको लागि प्रत्येक गाउँ टोलमा महिला स्वास्थ्य स्वंयसेविकालाई स्टेचर दिएको सिजा गाउँ पालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए ।

महिला स्वास्थ्य स्वंयसेविका लाई स्टेचर दिए पछि गाउँमा रातअधरात अपरझट बिरामी बालबालिका , वृद्ध र महिला विरामी भएको बेला छिटो छरितो र सजिलो हुनको लागि स्टेर दिएको अध्यक्ष धितालले बताए ।

महिला स्वंयसेविका केला सार्कीका अनुसार अहिले प्रत्येक स्वंयसेविकालाई गाउँपालिकाले स्टेचर दिएर गाउँमा विरामी भएकालाई छिटो छरितोले स्वास्थ्य चौकी पुर्याउन सहज हुने भएको छ ।
गाउँमा जतिखेर पनि बिरामी भएको थाहाँ हुँदा वितिकै महिला स्वंयसेविका लागि खबर गरि स्टेचर लिन सजिलो हुने पनि स्वंयसेविका सार्कीले बताइन् ।

साताकाे चर्चित
सम्बन्धित