जुम्लामा झुन्डिएर एक युवतीको मृत्यु
जुम्लामा झुन्डिएर एक युवतीको मृत्यु
    • उमेश बुढा

    • १८ मंसिर २०७९, आईतवार

जुम्ला । सिँजा गाउँपालिका वडा नम्बर ४ भुली गाउँमा माइतीको घरमा बस्दै आएकी राममायाँ बुढा आफ्नै सुत्ने कोठामा आइतबार बिहान १० बजेतिर झुन्डिएर मृत्यु भएको छ ।

मृतक बुढाको उमेर २१ वर्षकी  छन् । उनको २ वर्षकी छोरी छ ।

उनको पोहिली घर भने तातोपानी ४ गिडिखोला हो ।
पोहिली घरबाट श्रीमान् सँग विवाद भएर माइती घरमा १० महिना सम्म बसेकी  वडा अध्यक्ष धनजित बुढाले बताए ।

युवतीको झुन्डिएर मृत्युु के कसरी भएको हो ।यो विषय सम्बन्धि बुझ्ने कार्य अनुशन्धान भइरहेको ईलाका प्रहरी चौकी नराकोटका ईन्चार्ज गोविन्द बोहोराले जानकारी दिए ।

मृतक राममायाँ बुढाको पोष्टमाडमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएको बाहेराले बताए ।

मृतककी आमा घरदेखी आदा किलोमिटर गाउँको धारोमा नुहाउन गएकी र भाई विद्यालयमा पढ्न गएको बेला घरको सुत्ने कोठामा झुन्डिएर मृत्यु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित