स्वास्थ्य बीमा गर्दा छुट   
    स्वास्थ्य बीमा गर्दा छुट   
    • Bell Sanchar

    • २० मंसिर २०७९, मंगलवार

धनकुटा, 
छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।

यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ ।

बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित