वडाबाट योजना सम्झौता गर्दै सिञ्जा गाउँपालिका   
    वडाबाट योजना सम्झौता गर्दै सिञ्जा गाउँपालिका   

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालन गर्ने

    • Bell Sanchar

    • २१ मंसिर २०७९, बुधबार

जुम्ला,
सिञ्जा गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने गरेको छ । पालिकाको नेतृत्व निर्माणका अभ्यासस्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यमलाई कार्यान्वयन गर्न वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।

उपझोक्ता समितिलाई सुशासन कायम गर्न क्रियाशील, सिर्जनशील बनाई वडामै पुगेर प्राविधिक कर्मचारीदेखि प्रशासन शाखाका सबै कर्मचारी योजना सम्झौतामा लागिपरेको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिनुभयो । पालिकामा योजना मात्र सम्झौता गर्नका लागि आउन यहाँका कतिपय वडा धेरै टाढा रहेका छन् ।

उहाँले भन्नुभयो, “गाउँपालिकासम्म योजना सम्झौता गर्न आउँदा कागजात अपुग हुने र उपभोक्तालाई खानबस्न समस्या हुने भएकाले पालिका छवटै वडामा पुगेर योजनाको सम्झौता गरिएको छ ।” स्थानीयवासीलाई पालिकासम्म योजना सम्झौता गर्न आउँदा खर्चिलो हुने भएकाले वडामै पुगेर योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालन गर्ने योजनाहरुको सम्झौता गर्नेदेखि समयमै योजना निर्माण गरी स्थानीयको मागअनुसार काम गरिने वडा नं २ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता तीर्थ वडले जानकारी दिनुभयो ।

स्थानीयको जीवन र जीविकासँग सिधै पहुँच पु¥याउनका लागि पालिकाले वडास्तरबाट योजना सम्झौता गरेको उहाँले बताउनुभयो । एकै दिनमा सकिने काम गाउँपालिकामा आउँदा तीनदेखि चार दिन समय लाग्ने गरेको थियो । अहिले वडामै योजना सम्झौता हँुदा निकै राहत मिलेको कालिका कालासिनी देवार मन्दिर उपझोक्ता समितिका अध्यक्ष रन्नलाल उपाध्यायले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितको टोली वडामै पुगेर योजना सम्झौतासँगै बैंकको खाता खोल्नसमेत वडामै हुदाँ यहाँका उपझोता समितिदेखि नागरिकलाई सेवा प्रवाह सहज भएको चुलेलगाउँ सडक स्तर वृद्धि उपझोक्ता समितिका सचिव जोवना आचार्यले बताउनुभयो ।

पालिकाबाट प्रदान गरिने सेवाबाहेक अन्य विकास निर्माण योजनाका सम्झौताका काम र अन्य सेवा प्रवाह गाउँ केन्द्रित हुने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । गाउँबाट सेवा पाएपछि सिञ्जाका स्थानीयलाई राहत मिलेको गाउँपालिकाका योजना शाखाप्रमुख पदम भण्डारीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक घरदैलो निःशुल्क उपचारसमेत गाउँमै पुगेर सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित