जुम्लाको हिमामा जालबिना बनिन १ दिने शिक्षा बिभाग प्रमुख
    • उमेश बुढा

    • २२ मंसिर २०७९, बिहीबार

जुम्ला

जुम्लाको हिमा गाउँपालिकामा एक दिने शिक्षा विभाग प्रमुख जालबिना शाहि बनिन । मङ्सिर २१ गतेको गर्ल्स टेकओभर कार्यक्रममा ११ औ अन्तरास्ट्रिय बालिका दिवस २०२२ लक्षित गर्दै १६ दिने महिल हिंसा विरुद्ध अभियान को अवसमा गरिएको एक कार्यक्रममा उनले शिक्षा बिभाग प्रमुखको रुपमा काम गरिन।

प्लान नेपाल को आर्थिक सहयोग र आत्मसम्मानका लागि सहकार्य ९क्याड० नेपाल जुम्लाको सहजीकरणमा कार्यक्रम संचालन गरिएको थियो।

नेतृत्व र निर्णय परियोजनाअन्तर्गत समाजमा पछी पारिएका किशोरि, युवा र महिलाका मुद्दालाई समाबेश गराउन जुम्ला लगायत अन्य जिल्लाहरुमा पनि हाल यस्तै कार्यक्रमहरू हुँदै अएको छ।विद्यालयको घेरा भन्दा बाहिर रहेका बालबालिकालाई बिद्यालयको ढोका सम्म प्रबेश गर्न सबैले सहयोग गर्नुपर्ने एक दिने शिक्षा बिभाग प्रमुख बनेकी शाहीले बताएकि छन।

Nabintech
साताकाे चर्चित
सम्बन्धित