स्थानीय तहलाई जनमैत्री र पारदर्शी बनाउन अध्यक्ष पदमा मेरो उम्मेदवारी छ, शाही
स्थानीय तहलाई जनमैत्री र पारदर्शी बनाउन अध्यक्ष पदमा मेरो उम्मेदवारी छ, शाही

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको केन्द्रीय सम्मेलन मङ्सिर २५ देखि २७ गतेसम्म काठमाडौँमा हुँदै छ।

    • वीर बहादुर राना

    • २३ मंसिर २०७९, शुक्रबार

काठमाडौँ  । हिमा गाउँपालिका जुम्लाका अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता लक्ष्मण शाहीले गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले महासङ्घको केन्द्रीय अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन्।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको केन्द्रीय सम्मेलन मङ्सिर २५ देखि २७ गतेसम्म काठमाडौँमा हुँदै छ।

नेपाली काँग्रेस जुम्लाका सचिवसमेत रहेका नेता शाहीले देशभरिका ४६० वटा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरूको साथ सहयोग र समर्थन पाउने दाबी गरेका छन्।

उनले हिमा गाउँपालिका अध्यक्ष भएर शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी,पूर्वाधार लगायतका क्षेत्रको आधारभूत विकाससँगै चुस्त सेवा प्रवाहमा उल्लेख्य काम गरेका छन्।

जुम्लामा एक नगरपालिका सहित सात गाउँपालिका छन् । तर तुलनात्मक रूपमा पूर्वाधार विकास, प्रत्येक वडामा आफ्नै भवन, लाखौँ वृक्षा रोपणको अभियान, डिजिटल सेवाको अवधारणा लगायतका कामहरू उनकै अग्रसरतामा भएको हो।

पालिकाका ७ वडा मध्य ६ वटा वडा आफ्नै भवनमा सञ्चालित छन् । ७ नम्बर वडा बाहेक सबै वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । पालिका भरीका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ भने हिमाको १ नम्बर वडाले भत्ता बुझ्न निःशुल्क गाडीको व्यवस्था गरेका छ ।

यसरी हिमाका अध्यक्ष शाहीले हिमा गाउँपालिकालाई विकास र सेवा प्रवाहमा जिल्लाकै अग्रपक्ती पालिका बनाउन सफल भएका छन्।

अब स्थानीय तहलाई जनमैत्री, पारदर्शी, जिम्मेवार बनाउनका निम्ति अध्यक्ष पदमा आफूले उम्मेदवारीको घोषणा गरेको उनी बताउँछन्। विकास र समृद्धिको लागि क्रियाशील नेता शाही स्थानीय तहदेखि केन्द्रसम्म प्रभाव राख्न सक्ने नेतामा पर्छन् ।

साताकाे चर्चित
सम्बन्धित