जुम्ला । विगत ५ वर्षदेखि सिँजा गाउँपालिकाको वडा नम्बर ३ स्थित नराकोट बजारमा खानेपानीको हाहाकार छ ।
जुम्ला निर्वाचन क्षेत्र ९ ख ० को मुख्य केन्द्र मानिने नराकोट बजारमा मानिसलाई खानेपानीको समस्या देखिदै आएकोछ । असोज महिनाको १९ गते देखि २३ गते सम्मको अविरल वर्षाका कारणले खानेपानीमा क्षति पुर्यार अहिले यो बजारमा खानेपानीको एकदमै हाहाकार बनेको हो । बाढिपहिरो नआउदै अगाडि पनि नराकोट बजारमा खानेपानीको समस्या थियो ।
नराकोट बजारमा बस्दै आएका शेर बुढा भन्नु हुन्छ । विगत ७ वर्ष देखि नराकोट व्यापारको लागि बस्दै आएको हुँ त्यतिबेला देखि खानेपानीको समस्यामा छ। दुई वर्ष अगाडि धारोमा लाइन लागेर पनि पानी भर्ने पालो पादैन थियो ।
पानी भर्दा विहान बेलुका बजारको धारोमा लाइन लाग्नु पर्ने र पानी भर्दा रिसारिस गरेर धारोमा झैझगडा बढी हुने गरेको बुढाले बताए ।
महिले त कहिले काँही खानेपानी नराकोट बजार देखि लगभग २५ सय मिटर टाढा नुमुली धारामा गएर मोटर साइकलमा ल्याउने गरेको छु । भाँडाकुँडा धुने पानी भने हिमा नदि र बजारको बिचमा बगिरहेको खोलाको पानी ल्याउने गरेको बुढाले बताए ।
बजारमा खानेपानी नभएर समस्या भएको र नराकोट बजार देखि १५ सय मिटर टाढा तातोपानी नाउलाको पानी बोकेर ल्याएर खानु पर्ने अवस्था छ । प्लान नेपाल संस्थामा कार्यरत र बजारवासि कल्पना बुढा रोकायाले बताइन् ।
जति स्थानिय सरकार आए पनि नराकोट बजारका खानेपानीको हाहाकार हटेको छैन् उनको भनाइछ ।
सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल भन्नु हुन्छ । नराकोट बजारमा खानेपानीको हाहाकार भएको चिन्ता मलाई पनि छ । त्यो समस्याको समाधान गर्नलाई महिले पानीको मुलको अवलोकन गरेको छु र कताबाट ल्याउने र मुल भएको वडासँग पानीको मुल माग्ने पनि पहल गरेको छु ।
साँङ्लिपाटा , रोजिखोलाबाट ल्याएको पानी अविरल वर्षाले बगाए पछि यो समस्या भएको हो । यसलाई बनाउनको लागि खानेपानीको पाइप धेरै लामो चाँहिने भएकाले नराकोट बजारका पाइप व्यापारीसँग नभएको हुँदा अब २ ,४ दिन भित्र खानेपानीको पाइप आइपुग्छ र खानेपानी नराकोट बजारमा हाहाकार हुन नदिने धितालले बताए ।
सिँजा क्षेत्रको बिच केन्द्रमा जुम्लाका शाखा कार्यलय पनि नराकोट बजारमा रहेका छन् भने संघसंस्था १ दर्जन भन्दा बढि यस बजारमा कार्यलय बसिरहेका छन् । जिल्ला ईलाका प्रशासन कार्यलय , ईलाका प्रहरी चौकी, साल्टटेडिङ्ग कर्पोरेसन लगायतका कार्यलय रहेको छन ।
नराकोट बजारमा होटल , पसल लगभग २०० छन् । यो बजारमा खानेपानीको विगत देखि समस्या हुदै आएको र अहिले २ महिना यताबाट झनै खानेपानीको हाहाकार भएको छ ।
अहिले खोला , नदि र नाउलाको धमिलो पानी खान पुगेका छन् ।