( जुम्ला । मानिसले टहरा , घर खेतबारी बनाउन लागे पछि महेन्द्र मल्लि खोलाको सिमाना छुट्याउन कनकासुन्दरी गाउँ पालिका लागेको हो ।
कनकासुन्दरी गाउँपालिकामा असोज महिनाको १९ गते देखि २३ गते सम्म अविरल वर्षाले गोटिज्युला बजारमा रहेका टहरा, घर खोलाले बगाए पछि अहिले कनकासुन्दरी गाउँपालिकाले महेन्द्र मल्लि खोलाको निशाना छुटाउन लागेकोछ ।
महेन्द्र मल्लि खोलाको सिमाना मिचेर घर, टहरा र खेतवारी मानिसले बनाए पछि खोलाको चौडाई खुम्चियर सानो भए पछि गोटिज्युला बजार खोलाले बगाएको थियो । पानी सलल बग्नना समस्या भएको थियो ।
मानिसले खोला आसपासको भुभाग चेपेर अतिक्रम गरे पछि गोटिज्युला बजारमा वर्षाको समयमा बजारमा खोला पस्छ की भनेर गोटियरज्युला बजारवासी चिन्तितमा थिए । असोज महिनाको वर्षाले बजारमा पानी मात्र पसेन टहरा र घरहरु पनि भत्काएर खोलाले बगाएको थियो ।
२०५० सालको नापी नक्सा अनुसार कनकासुन्दरीको वडा नम्बर ३,५ र ६ मा पर्ने महेन्द्र मल्लि खोलाको सिमाना छुट्याउदै आएको नापी कार्यलयका जुम्लाका सुरेन्द्र प्रसाद उपाध्यायले बताए।
उनका अनुसार हिमा नदीको लौडिसिम देखि कनकासुन्दरी मावि सम्म ७ दिन लगायर छुट्याई सकेका छौ । अब वडा नम्बर ३ को सिद्धापाइला सम्म आदा किलोमिटर छुटाउन बाँकी छ।
महेन्द्रमल्लि खोलाको सिमाना १२ मिटर देखि २२ मिटरसम्म चौढाई देखिएको छ । २०५० सालको नापि अनुसार छुट्याउदै आएको उपाध्याले बताए ।
गोटिज्युलामा बगि रहेको महेन्द्रमल्लि खोलाको सिमाना , यरिया क्षेत्र नछुटाएमा पछि झन यो खोलाले जनधनको क्षति गर्ने देखिएकाले खोलाको सिमाना छुटाउन लागेको कनकासुन्दरी गाउँपालिका निमित अध्यक्ष तेज वहादुर जिसीले बताए ।
हिमा नदी देखी वडा नम्बर ३ को सिद्धापाइला सम्म लगभग १ किलोमिटर जति खोलाको यरिया छुटाउन लागेको जिसीले बताए ।
जिसीका अनुसार गोटिज्युला बजारमा घर त कसैका पनि खोलाको सिमानामा जाने देखिएको छन् । तर गोटिज्युला बजार देखी मुगुको खत्याड गाउँ पालिका जाने सड्कबाटो पुरै महेन्द्रमल्लि खोला भित्र परेकोछ । अझै पनि यो खोलालाई फराकिलो र चौडाई बनाउने विषय सम्बन्धि कनका सुन्दरीको कार्यपालिकाको बैठक बस्नेछ ।
कनकासुन्दरी गाउँ पालिकाको पहलमा नापि कार्यलय जुम्लाबाट अमिन समेत माग गरेर महेन्द्रमल्लि खोलाको सिमाना छुट्याउन लागेको हो ।
महेन्द्रमल्लि खोलाले मुख्य गरेर गोटिज्युला बजार र खेतियोग्य जमिन खोलाले बगाउने भएको हुँदा खोलालाई फराकिलो पारेर सरल तरिकाले बग्ने बनाउन पालिका लागेकोछ ।