‘अवतार’ हेरेपछि दर्शकमा डिप्रेसन, मनोविद्को सुझाव- यो फिल्म हो, यथार्थ नठान्नुस्
‘अवतार’ हेरेपछि दर्शकमा डिप्रेसन, मनोविद्को सुझाव- यो फिल्म हो, यथार्थ नठान्नुस्

वास्तवमा फिल्मले मलाई खुसी बनायो,’ बगडासारियनले भने, ‘तर म बुझ्छु किन यसले मानिसलाई निराश बनायो ।

    • बेल संचार

    • २९ मंसिर २०७९, बिहीबार

जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’ केही फ्यानका लागि अलि धेरै वास्तविक भएको हुनसक्छ । फिल्म हेरेका दर्शकले डिप्रेसन र आत्मघाती विचार आएको अनुभव गरेका छन् किनभने तिनीहरू काल्पनिक संसार प्यान्डोराको सुन्दरता उठाउन चाहन्छन् ।

फ्यान फोरम साइट ‘अवतार फोरम्स’ले काल्पनिक प्यान्डोरा ग्रहको ‘सपनाको डिप्रेसनसँग सामना गर्ने तरिका’ शीर्षकको विषयवस्तुमा उक्त फिल्म हेरेर डिपे्रेसनको अनुभव गरेका एक हजारभन्दा बढी व्यक्तिको पोस्ट प्राप्त गरेको छ ।

यो विषय गत महिना यति लोकप्रिय भयो कि फोरम प्रशासक फिलिप बगडासारियनले दोस्रो थ्रेड सिर्जना गर्नुपर्‍यो ताकि मानिसले फिल्मको बारेमा आफ्नो भ्रमित भावना पोस्ट गर्न जारी राख्न सकुन् ।

‘म आफैं डिप्रेसनमा थिइनँ । वास्तवमा फिल्मले मलाई खुसी बनायो,’ बगडासारियनले भने, ‘तर म बुझ्छु किन यसले मानिसलाई निराश बनायो । फिल्म धेरै सुन्दर थियो र यसले हामीसँग पृथ्वीमा नभएको कुरा देखाएको छ । मलाई लाग्छ कि मानिसले हामी पूर्णतया फरक संसारमा बाँचिरहेका छौं भनेर देखेका छन् र यसले उनीहरूलाई निराश बनायो ।’

एलेक्विन नामक प्रयोगकर्ताको पोस्टले फिल्मले लगभग मोहनी लगाएकोजस्तो सम्बन्ध अथ्र्याउने आशय व्यक्त गर्छ । ‘अवतारको बारेमा थप जानकारी मैले इन्टरनेटमार्फत बुझिरहेको छु । यो फिल्म मात्र हो भनेर आफैंले आफैंलाई बुझाउने र त्यसबाट मुक्त हुने प्रयास गरिरहेको छु । मलाई लाग्छ कि म फिल्मको संसारबाट बाहिर आउन जरुरी छ,’ इलेक्विनले पोस्ट गरेका छन् ।

माइक नामक एक प्रयोगकर्ताले फ्यान वेब साइट “नेभिब्लू’मा आफूले फिल्म हेरेपछि आत्महत्या गर्ने सोच बनाएको लेखेका छन् ।

‘अवतार हेर्न गएको दिनदेखि नै म डिप्रेसनमा छु । प्यान्डोरा र सबै नेभीको अद्भूत संसार हेर्दा मलाई तिनीमध्ये एक हुन मन लाग्यो । फिल्ममा भएका घटना र दृश्यलाई हेरेर बगाएका आँसुलाई म भुल्न सक्दिनँ,’ माइकले पोस्ट गरे, ‘यदि मैले यो गरें भने म प्यान्डोरा जस्तै संसारमा पुनर्जन्म हुनेछु र सबै कुरा ‘अवतार’ जस्तै छ भन्ने सोचेर पनि आत्महत्या गर्ने विचार गर्छु ।’

अन्य फ्यानले मानव जातिसँग घृणा र वास्तविकतासँग विच्छेदको भावना व्यक्त गरेका छन् ।

क्यामरुनको फिल्म जसले विश्व बक्स अफिसमा १.४ बिलियन डलरभन्दा धेरै कमाएको छ र सबैभन्दा धेरै कमाउने फिल्मको अर्को इतिहास लेखिन सक्छ । ‘अवतार’मा भविष्यमा पृथ्वीको स्रोत मानव जातिद्वारा लुटिएको कथावस्तु चित्रण गरिएको छ । पृथ्वीको एक लोभी अम्पायरले १० फिट अग्लो, नीलो छाला भएको नेभी भनिने शान्त र मायालु जाति बसोबास गर्ने काल्पनिक ग्रह प्यान्डोराबाट दुर्लभ खनिज ‘अबअब्टेनियम’ उत्खनन् गर्ने प्रयास गरेको कथावस्तु यसमा छ ।

प्यान्डोरामा रहेको बहुमूल्य प्राकृतिक स्रोत हत्याउन पृथ्वीबाट गएका मानिसले त्यहाँका आदिवासी नेभीसँग भिडन्त गर्छन् । प्यान्डोराको संसारले प्रागऐतिहासिक काल्पनिक भूमिको सम्झना दिलाउँछ, जुन डाइनोसरजस्तो जीवले भरिएको छ । यस्तो प्रकारका जीवजन्तुलाई हामीले समुद्रको गहिरो खोंचमा भेट्टाउन सकिन्छ । पृथ्वीको जीवनको तुलनामा, प्यान्डोरा एक सुन्दर र चम्किलो यूटोपिया हो ।

इभर हिलले ‘अवतार’ फोरम पृष्ठमा एल्टु नामको ह्याण्डलबाट पोस्ट गरेका छन् । जहाँ उनले उनले यस महिनाको सुरुमा पहिलो पटक फिल्म हेरेपछि आफ्नो ‘पोस्ट–अवतार’ डिप्रेसनको बारेमा लेखे ।

‘हिजो पहिलो पटक अवतार हेरेपछि आज बिहान उठें, संसार खरानी जस्तो देखिन्थ्यो । यो मेरो सम्पूर्ण जीवन जस्तै थियो, मैले गरेको र काम गरेको सबै कुराको अर्थ गुमेजस्तै,’ हिलले फोरममा लेखेका छन्, ‘यो यति मात्र… अर्थहीन देखिन्छ । म अझै पनि सबै काम गर्नुको अर्थ देख्दिनँ । म मर्दै गरेको संसारमा बाँचिरहेको छु ।’

१७ वर्षीय किशोर हिलले अहिले स्वीडेनमा गेम डिजाइनको अध्ययन गरिरहेका छन् । ‘कसैले भन्न सक्छ कि मेरो अवसाद दुई गुणा थियो । म उदास थिएँ किनभने म साँच्चै प्यान्डोरामा बस्न चाहन्थें, जुन यस्तो उत्तम ठाउँ जस्तो देखिन्थ्यो । तर म पनि उदास र हाम्रो संसारलाई देखेर घृणित थिएँ, हामीले पृथ्वीलाई के गरेका छौं । म वास्तविकताबाट उम्कन चाहन्छु,’ हिलले भने ।

क्यामरुनको स्पेसल इफेक्टको यो फिल्म धेरै जीवन्त छ । थ्रीडी र सीजीआईजस्ता भिजुअल इफेक्टले दर्शकलाई अनिवार्य रुपमा प्यान्डोराको विदेशी संसारमा प्रवेशको अनुमति दिन्छ, जसले फिल्म हल छाड्दै गर्दा दर्शकमा अवसादको सिर्जना पनि गर्छ ।

‘भर्चुअल जीवन वास्तविक जीवन होइन । यो कहिल्यै हुनेछैन । तर यो भर्चुअल प्रस्तुतीकरणमा हामीले अहिलेसम्म निर्माण गर्न सक्ने कुराको उत्कर्ष हो,’ लुइस आर्मस्ट्रङ सेन्टर फर म्युजिक एण्ड मेडिसिनका मनोचिकित्सक र मेडिकल निर्देशक डा. स्टेफन क्वेन्जेलले भने, ‘यो भर्चुअल संसार बनाउनको लागि प्रविधिको सबैभन्दा राम्रो प्रयोग भएको छ । वास्तविक जीवन पर्दामा देखिएजस्तो काल्पनिक हुँदैन । यसले वास्तविक जीवनलाई अझ अपूर्ण देखाउँछ ।’

सीएनएनबाट

साताकाे चर्चित
सम्बन्धित