चन्दनाथमा पर्यटकको आउने सङ्ख्या घट्यो
चन्दनाथमा पर्यटकको आउने सङ्ख्या घट्यो
    • उमेश बुढा

    • १ पुष २०७९, शुक्रबार

जुम्ला

जुम्लाको चन्दनाथ मन्दिरमा आउने पर्यटकको सङ्ख्या ८० प्रतिशत घटेकोछ ।

जुम्लामा अवस्थित कर्णालीको प्रसिद्ध चन्दनाथ मन्दिरले पर्यटकलाई भित्र्याउने गरेको थियो । तर यस वर्ष भने पर्यटक मन्दिरमा आउन घटेका छन् ।

गत वर्षमा आन्तरिक र बाह्य पर्यटकहरुको सङ्ख्या बढिरहेको थियो । अघिल्लो वर्ष झै यो वर्ष चन्दनाथमा आगमन पर्यटकको सङ्ख्या भने ह्वात्तै घटेको छ ।

अहिलेको वर्षमा चन्दनाथ मन्दिरमा आउने पर्यटकहरु ८० प्रतिशत घटेको चन्दनाथ गुठी समितिका अध्यक्ष पुर्णसिंह कठायतले बताए ।
जुम्लामा चिसो बढ्दै आएको, पर्यटकलाई आवतजावत गर्न सड्कबाटो राम्रो नहुनु र हवाई यात्रामा समस्याले गर्दा पर्यटकहरु आउन नसकेको उनको भनाइछ ।

चालू आर्थिक वर्षमा अहिलेसम्म २ हजार ५ सय पर्यटकहरुले जुम्लाको चन्दनाथ मन्दिरमा दर्शन गर्न आएका थिए । कर्णाली सरकारले पर्यटक वर्ष २०७५ घोषणा गरेको थियो । मुगुमा रहेको राराताल घुमेर चन्दनाथ मन्दिरको दर्शन गर्न आन्तरिक तथा बाह्य पर्टकहरु पुग्थ्ये ।

साताकाे चर्चित
सम्बन्धित