पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन–मुख्यमन्त्री राई  
     पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन–मुख्यमन्त्री राई  

उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताउनुभयो ।    

    • Bell Sanchar

    • ५ पुष २०७९, मंगलवार

विराटनगर,
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेस सरकारसँगको बजेटको सीमितताले सञ्चार क्षेत्रमा चाहे अनुसार धेरै काम गर्न नसकेको पनि उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारले पत्रकार महासङ्घको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवी पत्रकारका हक, हित र अधिकारका लागि प्रदेश सरकार सदैव तयार रहेको कुरामा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल र महासङ्घ प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने धारणा राख्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित