संसद छिरेको हाम्रो वेशभूषाको सुन्दरता
संसद छिरेको हाम्रो वेशभूषाको सुन्दरता

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिए।

    • बेल संचार

    • ८ पुष २०७९, शुक्रबार

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिए। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरूलाई शपथ गराएका हुन्।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद भवन पुगेका थिए। संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन्।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित १ सय १० गरी कूल २ सय ७५ सांसद छन्। आज १७ जना सांसद अनुपस्थित थिए।

साताकाे चर्चित
सम्बन्धित