थप दुई आयोजनाको बिजुली निर्यात गर्न भारतले दियो अनुमति
थप दुई आयोजनाको बिजुली निर्यात गर्न भारतले दियो अनुमति

आगामी वषर्ायामका लागि यो अनुमतिले उत्साह थपेको उनको भनाइ छ ।

    • Bell Sanchar

    • १२ पुष २०७९, मंगलवार

काठमाडौं । भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो ।

यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतले चरणबद्ध रुपमा थप आयोजनाहरुलाई अनुमति दिइरहेको बताए । नदीको सहत घटेका कारण ततकाल भारतमा बिजुली निर्यात गर्न नसकिएपनि आगामी वषर्ायामका लागि यो अनुमतिले उत्साह थपेको उनको भनाइ छ ।

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको छ भने खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको छ ।’

‘हामीले प्रस्ताव गरेका अरु आयोजनाहरुले पनि अनुमति पाउनेमा विश्वस्त छौं,’ उनले भने,’भारतसँगको ऊर्जा व्यापार तथा सहकार्य भविष्यमा थप विस्तार हुँदै जाने र त्यसबाट दुबै मुलकुले अधिकतम् लाभ उठाउन पाउने हाम्रो विश्वास छ ।’

गत १९ जेठदेखि ३ पुससम्ममा प्रधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यात गरी प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ (६ अर्ब ९७ करोड ६९ लाख भारु) आर्जन गरेको छ ।

सुरुमा दुईवटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो ।

‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न करिब ४ महिनासम्म आायात गर्छौं,’ घिसिङले भने,’ विगतका वर्षहरुमा विद्युत निर्यात परिमाण आयात भन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुने छ, विद्युत निर्यात र त्यसबाट प्राप्त हुने रकम दुवैमा हामी खुद निर्यातकर्ता बन्नेछौं ।’ अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित