गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ   
     गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ   

बस्याल पर्वतको प्रदेशसभा(ख) बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    • Bell Sanchar

    • १३ पुष २०७९, बुधबार

गण्डकी, 
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो ।

बस्याल पर्वतको प्रदेशसभा(ख) बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । ज्येष्ठ सदस्य बस्यालले बिहीबार अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री, नवनिर्वाचित प्रदेशसभा सदस्य, सरकारी उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

साताकाे चर्चित
सम्बन्धित