विज्ञान तथा गणित प्रदर्शनी
विज्ञान तथा गणित प्रदर्शनी

दोस्रो बनेको ज्योति माविले रु १५ हजार र तेस्रो बनेको सन्राइज अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ ।    

    • Bell Sanchar

    • १८ पुष २०७९, सोमबार

मङ्गलबारे,
इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी यही १५ गतेदेखि सुरु भएको थियो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको आधारभूत तह विज्ञान प्रदर्शनीमा करफोक मावि प्रथम बन्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको ज्योति माविले रु १५ हजार र तेस्रो बनेको सन्राइज अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ ।

यसैगरी आधारभूत गणित प्रदर्शनीमा करफोक विद्या मन्दिरले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको फिक्कल माविले रु १५ हजार र तेस्रो नर्वदा कल्याण अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ । माध्यमिक तहतर्फ गणित प्रदर्शनीमा हेरोहल एकाडेमीले प्रथम स्थान हासिल गर्दै रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको कृष्णाश्रम माविले रु १५ हजार र तेस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकडेमीले रु १० हजार प्राप्त गरेको छ ।

माध्यमिक तह विज्ञान प्रदर्शनीमा फिक्कल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले रु १५ हजार र तेस्रो बनेको पञ्चकन्या बोडिङ स्कुलले रु १० हजार प्राप्त गरेको छ । शिक्षाका प्रमुख योगनिधि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिनुभयो ।

प्रदर्शनीमा ४० विद्यालयका तीन सय ५० विद्यार्थी र एक सय शिक्षक सहभागी थिए । प्रदर्शनीको दैनिक एक हजार पाँच सयभन्दा बढीले अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा प्लाटोनियम र भिर सेटसमेत अवलोकनको लागि राखिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित