राहदानी वितरण बन्द ,सिस्टममा समस्या आएको भन्दै
राहदानी वितरण बन्द ,सिस्टममा समस्या आएको भन्दै
    • Bell Sanchar

    • १९ पुष २०७९, मंगलवार

काठमाडौं । राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।

विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने उनले बताइन् । अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ ।

हेर्नुहोस राहदानी विभागको विज्ञप्ति :

साताकाे चर्चित
सम्बन्धित