कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत   
     कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत   
    • Bell Sanchar

    • २० पुष २०७९, बुधबार

चन्द्रौटा, 
कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो ।

खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताउनुभयो । कृषकले उत्पादन गरेको सामग्रीलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले बताउनुभयो ।

महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने भएकाले कृषि महोत्सवमा कृषकको सहभागिता हुनुपर्नेमा जोड दिँदै उहाँले कृषकबीचको प्रतिस्पर्धाले आगामी दिनमा कृषि उत्पादनमा थप वृद्धि हुने जिकिर गर्नुभयो ।
महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रथम हुने कृषकलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार पाँच सय र तृतीयलाई रु एक हजार पुरस्कार उपप्रमुख थारूले प्रदान गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित