प्रधानमन्त्री प्रचण्ड भेट्न यूरोपेली संघकी राजदूत बालुवाटारमा
प्रधानमन्त्री प्रचण्ड भेट्न यूरोपेली संघकी राजदूत बालुवाटारमा

राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको थियो ।

    • Bell Sanchar

    • २० पुष २०७९, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो । राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित