कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह   
  कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह   
    • Bell Sanchar

    • २० पुष २०७९, बुधबार

अत्तरिया, 
नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन हुनुभएको छ । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन हुनुभएको हो ।

शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा हुनुहुन्थ्यो । निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको बताउँदै उहाँ सर्वसम्मत चयन हुनुभएको घोषणा गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित