भाग पुर्‍याउन मन्त्रालय फुटाउन पाइँदैन ,राप्रपाले प्रधानमन्त्रीलाई भन्यो
भाग पुर्‍याउन मन्त्रालय फुटाउन पाइँदैन ,राप्रपाले प्रधानमन्त्रीलाई भन्यो

भोलिसम्म काम सकेर दोस्रो बैठक शुक्रबार बस्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको छ ।

    • Bell Sanchar

    • २० पुष २०७९, बुधबार

काठमाडौं । बुधबार साँझ बालुवाटार बैठकमा न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी के हुँदैछ भनी सत्ता साझेदार दलहरुले जिज्ञासा राखेका छन् । त्यसका लागि गठित समितिमा रहेका सदस्यहरुले थप एक दिन माग गरेका छन् ।

भोलिसम्म काम सकेर दोस्रो बैठक शुक्रबार बस्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि सरकारको न्यूनतम साझा कार्यक्रमबारे दलहरुको साझा धारणा आउने छ ।

प्रधानमन्त्री प्रचण्ड धेरैवटा दललाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बाध्यतामा छन् । त्यसका लागि मन्त्रालयहरु नै फुटाउने चर्चा चलेको छ । बैठकमा सहभागी दल हरुले यसबारे उनीसँग जिज्ञासा राखेका थिए । राप्रपाले यसमा जोड दिँदै सबैलाई भाग पुर्‌याउनका लागि भनेर मन्त्रालय फुटाउँदा जनतामा गलत सन्देश जाने भन्दै त्यसो नगर्न सुझाव दिएको थियो ।

प्रचण्डले भने बाहिर आएका चर्चा गलत भएको प्रष्टीकरण दिए । सत्ता साझेदारहरुसँग प्रधानमन्त्री प्रचण्डले भने, ‘धेरैको चित्त बुझाउनुपर्ने बाध्यता त छ नै, तर त्यसका लागि गलत थिति बसाल्न हुँदैन भन्नेमा म छु । हल्लाहरु सुनेर नपत्याइदिनुहोला ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना तीन सरोकार न्यूनतम साझा कार्यक्रममा पर्छन् कि पर्दैनन् भनेर सोधेका थिए । राप्रपाले पुस २७ लाई राष्ट्रिय एकता दिवस मानिनुपर्ने, विकास सुशासनसँग सम्बन्धित प्रश्नबारे चित्तबुझ्दो जवाफ दिनु पर्ने, जनतालाई सेवा प्रवाह बलियो बनाउनुपर्ने शर्त राखेर यो सरकारलाई समर्थन दिएको छ ।

प्रचण्डले राप्रपाका माग पूरा हुने आश्वासन दिएको बैठकबाट निस्केपछि लिङ्देनले अनलाइनखबरसँग बताए ।

साताकाे चर्चित
सम्बन्धित