वडा कार्यलय बाटै नुन पाउँदा स्थानीय खुसी
वडा कार्यलय बाटै नुन पाउँदा स्थानीय खुसी
    • उमेश बुढा

    • २१ पुष २०७९, बिहीबार

जुम्ला

जुम्लाको कनकासुन्दरी १ को वडा कार्यालयबाट नुन पाउँदा स्थानिय खुसी भएका छन् ।

जिल्लाकै बिकट र पिछडिएको वडा मानिने बुम्रमाडिचौरमा पहिलो पटक साल्टट्रेनिङ कर्पोरेसन डिपो गोरुचौर जुम्लाबाट नुन ढुवानी गरि जन्तालाई वितरण गरिएको बताउनु हुन्छ , वडा अध्यक्ष भिम बहादुर भण्डारी ।

यो वडाबाट पालिका डिपो सम्म जान ४ घन्टा र जिल्ला डिपो सम्म जान १ दिन पैदल हिड्नु पर्ने  डिपोमा लाईन लागेर घन्टौं बस्नु पर्ने, यातायात सहज नभयको समस्यालाई मध्ये नजर गरि हामिले वडा बाट नै नुन वितरण गरेका हौं भण्डारीले बताए ।

भण्डारी निर्बाचित भएर आई सके पछि यो वडाको समस्यालाई सहज बनाउन लागिरहेका छन् । सामाजिक सुरक्षा भत्ता पनि वडा कार्यालय बाट नै वितरण गर्दै आईरहेका उनले भने । प्रत्येक घर धुरिलाई ५ पोकाको दरले २ महिनाको नुन १० पोका र भेडा पालक कृषकलाई थप ५ पोकाको दरले वितरण गरिएको छ ।
भत्ता र नुन वडाबाट नै पाउँदा अत्यन्तै स्थानीय खुशी भयका छन्। यो भन्दा पछिका दिनहरुमा पनि यसरी नै वडाबाट वितरण गरिने छ । कनकासुन्दरीको वडा नम्बर १ मा नुन र सामाजिक सुरक्षा भत्ता वडामै वितरण भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित