राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेटे पूर्वराजा शाहलाई
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेटे पूर्वराजा शाहलाई

मिश्रले पूर्वराजा शाहसँग आफूले १५ वर्षपछि भेटेको उल्लेख गरेका छन्।

    • Bell Sanchar

    • २१ पुष २०७९, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्।

पूर्वराजा शाहसँग भेटेकोबारे मिश्रले बिहीबार ट्वीटरबाट सार्वजनिकसमेत गरेका छन्।

मिश्रले पूर्वराजा शाहसँग आफूले १५ वर्षपछि भेटेको उल्लेख गरेका छन्।

‘असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था,’ मिश्रले लेखेका छन्, ‘बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।’

उनले दलहरूले राजा फालेकोमा असन्तुष्टि पनि जनाएका छन्।

‘स्वार्थकेन्द्रीत र अपरिपक्व नेपाली राजनीतिकर्मीहरूले एकछिनको आवेगमा राजासँग व्यक्तिगत प्रतिशोध साँध्न देशको दूरगामी हित/अहितका बारे सोच्दै नसोची २४० वर्ष पुरानो संस्था फ्याँकिदिए। त्यो पनि राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनि गरिएको १२ बुँदे सहमतिको विपरित गएर,’ उनले भनेका छन्।

उनले देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत हुनुपर्नेसमेत उल्लेख गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित