प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता   
प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता   

 तत्कालै एउटा प्रादेशिक अस्पताल हस्तान्तरण नहुँदा स्वास्थ्यतर्फको पठनपाठन गर्न नसकेको उहाँको भनाइ थियो ।

    • Bell Sanchar

    • २२ पुष २०७९, शुक्रबार

विराटनगर, 
प्रदेश नं १ का प्रदेशसभा सदस्य जीवन अचार्यले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी मेरो पनि हो यसैले सबैको योजनाअनुसार म अगाडि बढ्छु”, सांसद आचार्यले भत्रुभयो ।

मोरङ निर्वाचन क्षेत्र नं ६ प्रदेशसभा १ बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद आर्यायले देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफ्नै क्षेत्रमा स्थापना भएको र त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी स्तरोत्रति गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभएको हो ।

नवनिर्वाचित सांसदलाई विश्वविद्यालयले आज बधाई ज्ञापन गर्ने कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा सुभाषश्री आचार्यले सङ्घ र प्रदेश सरकारसँगै सबै दल र स्थानीयको सहयोग प्राप्त गर्न सके देशकै पहिलो एमटियु केही वर्षमा सार्क स्तरमा परिचत हुनसक्ने बताउनुभयो ।

तत्कालै एउटा प्रादेशिक अस्पताल हस्तान्तरण नहुँदा स्वास्थ्यतर्फको पठनपाठन गर्न नसकेको उहाँको भनाइ थियो । उहाँले एमटियुले चाँडै हेल्थ पोलिसी एन्ड म्यानेजमेन्ट, रेल्वे र हाइटेक ब्रिजदेखि टनेल, इन्फ्रास्ट्रक्चरल इन्जिनियरिङलगायत विषयहरु पठनपाठन गराउने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

बधाई कार्यक्रममा विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा सभासद् सत्यनारायण चौधरी, राजन केसी, बलभद्र थारू, माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासलगायतले विश्वविद्यालयको स्तरोत्रति भएमा देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले २०७६ मा कानुन बनाएर मोरङको बूढीगङ्गा गाउँपालिका-४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा गत शैक्षिक सत्रदेखि स्नातक तहमा सिभिल र इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक्स विषयमा पठनपाठन भइरहेको छ । विश्वविद्यालयले आगामी १० वर्षभित्र विभिन्न १० भन्दाबढी प्राविधिक विषयमा पिएचडीसम्मको पठनपाठन सुरु गराउने लक्ष्य लिएको छ ।

साताकाे चर्चित
सम्बन्धित