जुम्लामा बाढीले दु:खी भएका कृषक , फेरि हिउँ नपरेर चिन्तित
जुम्लामा बाढीले दु:खी भएका कृषक , फेरि हिउँ नपरेर चिन्तित
    • उमेश बुढा

    • २३ पुष २०७९, शनिबार

जुम्ला ।

जुम्लामा असोज महिनाको १९ गते देखि २३ गते सम्मको अविरल वर्षाले बालिनाली तहसनहस पारेर कृषकलाई दुः खी बनाएको थियो ।
फेरि अहिले जुम्लामा हिउँ नपरेर बालिनाली सुके पछि कृषक चिन्तित भएका छन् ।

हिमा २ कि कृषक औँसरा रोकायाले भनिन् फाल्णुण महिना देखी बैशाख , जेठ , असारमा लगाएको खेती अन्नवाली घरमा भित्र्याउने बेला वाढीले बगाए पछि , के गरेर खाने हो भनेर चिन्तामा छन् ।
फेरि अहिले जौँ , गौँ लगाएको बाली पनि हिउँ नपरेर सुकेर गएका छन् , खेती गरेर कुनै कामै छन् रोकायाले बताइन् ।

असोज महिना देखि अहिलेसम्म पानी हिउँ नपरेर स्याउका बोटा , जौँ र गौँ सुकिरहेका छन् । सिँजा ४ का कृषक गोविचन्द्र बुढाले बताए ।

उनले भने मेरा २०० स्याउका बोटा सुक्दै आएका छन् ७ गडा जौँ र गौँ लगाएको थिए , सुकेर केहि पनि छैन् । कहिले पानी वढी आएर बाली नहुने कहिले पानी र हिउँ नपरेर सुक्ने भएर अब कृषकले कसरी के गरेर पालिने हो बुढाले बताए ।

जिल्ला कृर्षि विकास कार्यालय जुम्लाका प्रमुख गणेश वहादुर अधिकारीका अनुसार जुम्लाका कृषकलाई खेती गरेर पनि तराईको खानु परेको छ । उनले भने कहिले किसानले बाली नलाएका हुन्छन् पानी र हिउँ पर्दैन , कहिले लगाएको बाली पानी बढी आयर खेतमै कुवाइदिने र कहिले वाढी पहारोले नष्ट गरिदिनाले कृषकलाई चिन्तित बनाएको अधिकारीले बताए ।

यो वर्ष त असोजमा वाढी पहिरोले अनबाली जुम्लामा ठुलो क्षति पुर्याएको थियो फेरि आजभोली स्याउ , जौँ, र गौँको लागि पानी ,हिउँको आवश्यकता भएको बेला ४ महिना पानी नपर्दा झनै कृषक आतिएको अधिकारीले बताए ।
जुम्लामा कृषकको वर्खा याममा लगाउने खेती मकै , सिमी ,आलू , फापर , कोदो , मुख्य रुपमा लगाउँछन् । भने हिउँदको समयमा जौँ , गौँ लगाउने गरेको पाईन्छ ।
मङ्सिर ,पुष महिना जुम्लामा हिउँ नपरेपछि बालिनाली हुदैन् भन्ने बुढापाकाहरुको भनाई छ ।

जौँ , गौँलाई पानी चाहीने मुख्य गरि दुई समय हो । चैत बैशाख र मङ्सिर पुषमा ,
जुम्ला अहिले जताततै धुलैधुलो छ , स्याउ र बालिनाली डढिसकेका छन् ।भिरालो जग्गा जमिन भएकाले पनि सिचाई गर्न नमिल्ने अबस्था छ । सानो पानीले सिचाइ गर्दा पानी पुरै जम्छ , हिउँ भने परेको छन् । हिउँ नपर्दा कृषक चिन्तामा छन् । बालिनाली सुकेर डढि सकेको छ ।

साताकाे चर्चित
सम्बन्धित