प्रदेश सरकार गठनको डेडलाईन भित्रै भागबण्डा टुङ्ग्याउने तयारी, शीर्ष नेता छलफलमा
प्रदेश सरकार गठनको डेडलाईन भित्रै भागबण्डा टुङ्ग्याउने तयारी, शीर्ष नेता छलफलमा
    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

काठमाडौं ।

प्रदेश सरकार गठनको डेडलाईन आउन लागेपछि सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्र छलफलमा जुटेको छ ।

न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझेसँगै नेताहरू शक्ति बाँडफाँटमा जुटेका हुन् ।

प्रदेश नम्बर १ मा भोलि आइतबार सरकार गठनको अन्तिम डेडलाईन रहेको छ । सो समय अगावै सहमति जुटाउने प्रयासमा नेताहरू छन् ।

शीर्ष तहबाट केन्द्र जस्तै गरी प्रदेशमा गठबन्धन सहभागी दलहरूको समझदारीकै आधारमा सरकार बन्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार आजै राति वा भोलि बिहानसम्म टुंगो उच्च स्तरीय संयन्त्रले शक्ति बाँडफाँटको टुंगो लगाउने छ ।

प्रदेश १ र गण्डकी एमालेले पाउने निश्चित हुँदा कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी गरिरहेको छ ।

मधेश प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । यहाँ दुवै दललाई आधा आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । ती दुई प्रदेश लुम्बिनी र बागमती हुन सक्छन् । यद्यपि बागमती नपाए कर्णालीमा एमालेको दाबी रहने नेताहरू बताउँछन् ।

साताकाे चर्चित
सम्बन्धित