अर्थतन्त्रमा चुनौती थपिएको छ : राष्ट्रपति
अर्थतन्त्रमा चुनौती थपिएको छ : राष्ट्रपति

‘आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पूँजी परिचालनमा बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका महत्वपूर्ण छ ।

    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसकिंदा अर्थतन्त्रमा चुनौती थपिएको बताएकी छन् । आइतबार परिसंघको तस्रो साधारणसभालई सम्बोधन गर्दै राष्ट्रपछि भण्डारीले अर्तथन्त्रमा देखिएको तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पदानमुकल क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको बताइन् ।

‘आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पूँजी परिचालनमा बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका महत्वपूर्ण छ । पूँजी परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन’ उनले भनिन् ।

बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्नुपर्ने राष्ट्रपछि भण्डारीको भनाइ छ ।

‘आन्तरिक उत्पादन बढाउन र उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण र यसैमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिनेछ,’ उनले भनिन्, ‘ त्यसमा बैंकहरूको महत्वपूर्ण भूमिका हुन्छ । आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र पूँजी परिचालन आजको आवश्यकता हो ।’

साताकाे चर्चित
सम्बन्धित