विदेशी खेलाडी बिनै एलिमिनेसन खेल्दै काठमाडौं
विदेशी खेलाडी बिनै एलिमिनेसन खेल्दै काठमाडौं

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा विराटनगर रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ

    • Bell Sanchar

    • २५ पुष २०७९, सोमबार

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत आज सोमबार हुने इलिमिनेटरमा विराटनगर सुपर किङ्सले काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ  थालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा विराटनगर रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको कप्तान ज्ञानेन्द्र मल्ल छन् ।

काठमाडौं नाइट्स यो खेलमा विदेशी खेलाडी बिना नै मैदान उत्रिँदै छ । टिममा रहेका चार विदेशी खेलाडी घर फर्किएपछि काठमाडौंका लागि एक खेलाडी पनि बेञ्चमा उपलब्ध छैनन् ।

यो खेलको विजेता टिमले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौंको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल, लोकेश बम, वसिर अहमद, कमलसिंह ऐरी, अविनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी

विराटनगरको प्लेइङ ११

रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, साहब आलम, सूर्य तामाङ, पृथु वास्कोटा, विवेककुमार यादव, मोहमद हुसेन टलत, गौरान्सु शर्मा, राज रकी ननन् र कियोन जोसेफ

साताकाे चर्चित
सम्बन्धित