नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बढ्यो   
    नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बढ्यो   

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ६१ अंक र जीवन बीमा समूहको उपसूचक एक सय ७८ दशमलव ६७ अंकले बढेको छ ।    

    • Bell Sanchar

    • २५ पुष २०७९, सोमबार

काठमाडौँ,
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो ।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर रू पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख पुगेको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक २३ दशमलव ९२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ६१ अंक र जीवन बीमा समूहको उपसूचक एक सय ७८ दशमलव ६७ अंकले बढेको छ ।

नेप्सेका अनुसार बैंकिङ समूह २९ दशमलव २२, विकास बैंक समूह एक सय २४ दशमलव २७, वित्त समूह ४९ दशमलव २४ र जलविद्युत् समूह एक सय २२ दशमलव ६१ अंकले बढेको छ । त्यस्तै लगानी समूह एक दशमलव ७६, उत्पादन समूह दुई दशमलव २६, लघुवित्त समूह नौ दशमलव ४९, म्युचुअल फन्ड समूह शून्य दशमलव २६, व्यापार समूह ७५ दशमलव ५८ अंक र अन्य समूह २९ दशमलव ६६ अंकले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत एक दर्जन कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य तीन दशमलव ५७ प्रतिशत घटेको छ ।

आजको कारोबारमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १७ लाख ६८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा न्यादी ग्रुप पावर कम्पनी लिमिटेड अगाडि छ । कम्पनीको पाँच लाख ६० हजार ४७ कित्ता शेयर कारोबार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित