प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लोसपाले पनि दिने
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लोसपाले पनि दिने

लोसपाले निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डलाई ९ दलले विश्वासको मत दिने भएका छन्।

    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा मतदान गर्ने निर्णय गरेको नेता शरतसिंह भण्डारीले जानकारी दिए।

लोसपाले निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डलाई ९ दलले विश्वासको मत दिने भएका छन्।

संसदमा लोसपाका चार जना सांसद छन्।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिँदैछन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा आजै निर्णय गर्ने भएको छ।

साताकाे चर्चित
सम्बन्धित