आज छापावाल सुनको मूल्य घट्यो
   आज छापावाल सुनको मूल्य घट्यो
    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार
   आज छापावाल सुनको मूल्य घट्यो

काठमाडौँ, 
छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच सय कायम भएको छ ।

छापावाल सुनको मूल्य सोमबार प्रतितोला रू एक लाख तीन हजार नौ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ ।

यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू २५ ले घटेर प्रतितोला रू एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित