अध्यक्ष राजेन्द्र लिङ्देन ,निर्वाचनको जनमतबाट सबै मिलेर जानुपर्ने अवस्था आएको छ
अध्यक्ष राजेन्द्र लिङ्देन ,निर्वाचनको जनमतबाट सबै मिलेर जानुपर्ने अवस्था आएको छ

साथै त्यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेकोसमेत उहाँले बताउनुभयो ।

    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनबाट बनेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतमा समर्थन गर्दै उहाँले प्रधानमन्त्रीले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिबद्धताको सराहना गर्नुभयो । साथै त्यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेकोसमेत उहाँले बताउनुभयो ।

उहाँले लामो समयदेखिको जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउन सरकार सफल होस् भनी कामना गर्नुभयो ।

अध्यक्ष लिङ्देनले पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित