यो असाधारण समर्थनले मप्रति न्याय भएको महसुस भएको छ ,प्रधानमन्त्रीले भने
यो असाधारण समर्थनले मप्रति न्याय भएको महसुस भएको छ ,प्रधानमन्त्रीले भने

‘सबै दलका नेताहरुबाट असाधारण समर्थन र विश्वास व्यक्त भएको छ, यो ऐतिहासिक छ ।

    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा धेरै दल र सांसदको समर्थन पाउँदा आफूमाथि न्याय भएको महसुस गरेको बताएका छन् ।

उनले प्रतिनिधिसभा बैठकमा आफूलाई प्रतिनिधिसभाको असाधारण समर्थन र विश्वास प्राप्त भएको भन्दै यो ऐतिहासिक भएको पनि बताए ।

‘सबै दलका नेताहरुबाट असाधारण समर्थन र विश्वास व्यक्त भएको छ, यो ऐतिहासिक छ । यो ऐतिहासिक समर्थनले मलाई निकै ठूलो गर्व र जिम्मेवारी थपिएको महसुस भएको छ । र मलाई आज न्याय पाएँ कि भन्ने लागेको छ’ उनले भने ।

आफूले मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, खस आर्य सबैको हक, अधिकार, पहिचान र उन्मुक्तिको लागि निकै ठूलो लडाई लडेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘आजको समर्थनलाई मैले हाम्रो आन्दोलन र म प्रति ठूलो न्याय भएको महसुस गरेको छु’ उनले भने, ‘अब मेरो अगाडि चुनौती छ । यो न्याय दिने सदन र सबै राजनीतिक दलको विचार र भावनालाई सम्मान गर्नु चुनौती छ ।’

उनले आफूले सशस्त्र विद्रोहको रणनीति र कार्यनीति बनाउँदा पृथ्वी नारायण शाहलाई धेरै पढेको बताए ।

साताकाे चर्चित
सम्बन्धित