ठेकेदारबाट ठगिए १ सय भन्दा वढी मजदुर
ठेकेदारबाट ठगिए १ सय भन्दा वढी मजदुर
    • उमेश बुढा

    • २७ पुष २०७९, बुधबार

 

जुम्ला । कनकासुन्दरी गाउँपालिका ३ की चुप्फी बुढाले दैनिक ६ सय रुपैयाँ ज्वाला पाउने गरी विराट स्वास्थ्य चौकीमा झण्डै २ महिनासम्म काम गरिन , ज्वाला पाइए त घरखर्च चलाउन सजिलो हुन्थ्यो , उनले भनिन् तर काम गरेको ५ वर्ष वित्यो अझै ज्वाला पाइएन । उनकी गाउँकी बाँचु बुढाले पनि विराट स्वास्थ्य चौकी बुढुमा रहेको भवन सुरुवात देखि पुरा हुन्जेलसम्म झण्डै ५ वर्ष काम गरिन सकिनसकी घरनजिकै आएको विकासमा मजदुरी गर्यौँ , उनले भनिन स्वास्थ्य चौकीमा काम गर्दागर्दै जिउ कमजोर भयो अहिले ठेकेदार हामीलाई रुपैयाँ
नदिएर ठगेर बसिरहेका छन् ।

महिलाले भवन निर्माणमा ढुङ्गा फुटाउनेदेखी बालुवा बोक्ने चाल्ने , जाली भर्ने , खन्ने र मसला बनाउने लगायतको काम गरेकी थिइन् । उक्त भवनमा काम गरेको झण्डै १ सय मजदुर ठेकेदारबाट ठगिएका छन् ।

थोदुङ्ग कन्स्ट्रक्सन बोकेको ठेकेदार जीवन रोकायाको नाममा २ करोड ६१ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो । रोकायाले १ करोड ६० लाख रुपैयाँ पिटी ठेकेदार जय वहादुर बुढालाई जिम्मा दिएका थिए । बुढाले बल बुढालाई कामदार लगाउने र काम चलाउने गरि जिम्मा लगाएका थिए । भवन निर्माण सुरुवातै देखि बल बुढाले काम चलाएका र रुपैयाँ पनि पुरै दिइसकेको जय वहादुर बुढाले बताए । भवन फिनिसिङ्गल गर्ने जिम्मा अर्का जय वहादुर सिकर्मीलाई दिएको र रुपैयाँ दिन बाँकी झण्डै २ लाख रुपैयाँ मात्र भएको बुढाले बताए ।

सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला सह इन्जिनियरिङ चन्द्र वहादुर खड्काका अनुसार २ तले पक्की भवनको सम्झौता २०७४ साल असार १२ गते २ करोड ६१ लाख थोदुङ्ग कन्स्ट्रक्सनका जीवन रोकायासँग सम्झौता भएको जानकारी दिए ।
मिति २०७८ साल चैत्र २९ गते जीवन रोकायाले रुपैयाँ लिइसकेको र धरौटी मात्र लिन बाँकी छ खड्काले बताए ।

रोकायाले भने महिले ६ देखि १० लाख रुपैयाँ जय वहादुर बुढालाई दिन बाँकी छ , बुढा भन्छन् महिले झण्डै ४० लाख रुपैयाँ पाउन बाँकी छ । तर मबाट तलका पिटी ठेकेदारलाई दिन २ लाख दिन मात्र बाँकी छ, म छिट्टै पिटि ठेकेदारलाई कामदारका अगाडि लियर रुपैयाँ दिलाउँछु बुढाले बताए ।

विराट स्वास्थ्य चौकी बुढुमा बनाउन लागेको भवन ५ वर्ष जति निर्माण हुन लागेको थियो । निर्माण भए देखि कामदार तालाबन्दी गर्न ३ पटक आइसकेका थिए । तर जनप्रतिनिधिले उद्घाटन सम्म कामदारको रुपैयाँ दिलाउला भनेर आस देखाए पछि तालाबन्दी हुन सकेको थिएन । तर अहिले कामदारले रुपैयाँ पाएका नाई भवनको उद्घाटन भएको १ महिना भइसकेको छ ।

कामदार पुरुष सबै भारत भएका र महिला दाउरा ल्याउन गएको मौका छोपी उद्घाटन गरेको स्थानियले कर्मचारीलाई र जनप्रतिनिधिलाई आरोप लगाएका छन् ।

कामदारको भनाइ अनुसार पिटी ठेकेदार बल बुढा र जय बहादुर सिकर्मीले कामदारलाई ठगेको बताउछन् । हाजिरी हेर्दा पनि कामदारको तलमाथि परेको भनाई छ । हाजिरी गर्नेमा बाँचे बुढाको रहेको थियो ।
सिकर्मीबाट कजदुरले काम गरेको रकम लिन भने झण्डै ५ लाख जति रुपैयाँ छ । भने बल बुढाबाट त सुरुवातदेखि भवन निर्माण हुनन्जेल सम्मको रकम काम गरेका मजदुरले लिन बाँकी छ ।

मजदुरलाई मुख्य रुपमा पिटी ठेकेदार बल बुढा र सिकर्मीले ठगेको देखिन्छ । रोकायाले जयवहादुर बुढालाई ठगेका छन् ।

भवनको जग खन्ने , जाली भर्ने , लेन्टर हाल्ने , ढुङ्गा फुटाउने बोक्ने , ट्याक्टरमा सामान लोड अवलोड गर्ने देखि लिएर पर्खाल लगाउन समेतको काम गरेका थिए ।

 

साताकाे चर्चित
सम्बन्धित