गोरखा महोत्सव उद्घाटन प्रधानमन्त्री प्रचण्डले गरे (तस्बिरहरू)
गोरखा महोत्सव उद्घाटन प्रधानमन्त्री प्रचण्डले गरे (तस्बिरहरू)
    • Bell Sanchar

    • २७ पुष २०७९, बुधबार

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सव उद्घाटन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्घाटन गरेका हुन्।

गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखामा आजदेखि महोत्सव सुरू भएको छ। महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी छन्।

प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक गोरखा गएका हुन्। गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

तस्बिरहरू:

 

साताकाे चर्चित
सम्बन्धित