कर्णालीमा एमालेको आलोपालोको शर्त मुख्यमन्त्रीका लागि
कर्णालीमा एमालेको आलोपालोको शर्त मुख्यमन्त्रीका लागि

प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वको निर्णयप्रति नेकपा एमाले सन्तुष्ट छैन ।

    • Bell Sanchar

    • २७ पुष २०७९, बुधबार

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने शर्त अघि सारेको छ ।

सत्ता गठबन्धनमा भएके भागबण्डा अनुसार कर्णाली प्रदेशमा ५ वर्ष नै माओवादीको मुख्यमन्त्री हुने सहमति छ ।

प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वको निर्णयप्रति नेकपा एमाले सन्तुष्ट छैन ।

नेकपा माओवादी केन्द्र र एमालेका नेताहरु एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका छन् । तर अझै सहमति भने जुट्न सकेको छैन् ।

प्रदेश सरकारको नेतृत्व एमालेले पनि गर्न पाउनुपर्ने शर्तसहित अघि बढ्ने अडान रहेको एमालेका एक नेताले  बताए ।

‘बिहानैदेखि छलफल जारी छ । तर टुंगोमा भने अझै पुगेको छैन् । नेताहरु सहमति नजिक छन् । ४ या साढे ४ बजेसम्म हस्ताक्षेर सहित दाबी पेश गर्न जान्छौं’, माओवादीका एक सांसदले भने ।

देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।

माओवादी केन्द्रका नेताहरूका अनुसार एमालेसँग संवाद गरेर सहमित जुटाइ निर्धारित समयभित्रै दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन् ।

साताकाे चर्चित
सम्बन्धित