सातै प्रदेशमा प्रहरी प्रमुख फेरिए
सातै प्रदेशमा प्रहरी प्रमुख फेरिए

मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् ।

    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।

बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् ।

साताकाे चर्चित
सम्बन्धित