प्रधानमन्त्री प्रचण्ड र जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता
    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो।

जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको प्रधानमन्त्री प्रचण्डले बताए।

प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताएका थिए।

विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास उनको छ।

प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताए।

प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताएका थिए।

राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित